सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालविवाह मुक्त टोल घोषणा


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १२:१४ 
  • डोटी, ३ पुस । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउलाई जिल्लाकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा वडाध्यक्ष रामबहादुर खड्काले आज यहाँ आयोजित कार्यक्रममा उक्त गाँउलाई बालविवाह मुक्त टोल घोषणा गर्नु भएको हो ।

    उक्त वडा यसअघि जिल्लामा सबैभन्दा बढी बालविवाह हुने वडाका रुपमा परिचित थियो । अबका केही दिनमा अन्य गाउँमा पनि बालविवाह मुक्त घोषणा गर्न अहिले प्रत्येक गाउँ टोलबाट पहल गर्न थालिएको केन्द्रका सूचना अधिकारी एकराज बडुले जानकारी दिनुभयो । नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ पारित गरी आगामी सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने लक्ष्य लिएकामा अहिले ‘विहावारी २० वर्ष पारी’ नारालाई सार्थक बनाउन थालिएको छ ।
    बालविवाह न्युनीकरणका लागि कार्यक्रम अघि बढाइरहेको गुड नेवर्सका जिल्ला संयोजक रन्जित चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको लक्षअनुसार हामी बालविवाह अन्त गर्न लागिपरेका छौँ।” यस कार्यका लागि तीन वर्ष अघिदेखि ती दुबै संस्थाले संयुक्तरूपमा विद्यालय र समुदायमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.