सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनाङ मस्र्याङ्दी क्लबलाई प्रदेश सरकारको १० लाख


  •    न्युजभित्तो/३ पुष २०७८, शनिबार १०:३९ 
  • कास्की, ३ पुस  । गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।

    युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गर्नुभयो । सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताइन्छ । यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताउनुभयो ।

    प्राविधिकल र पोखरा रङ्गशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशमा यूवा खेलाडी उत्पादनमा समेत एमएमसी (मनाङ मस्र्याङ्दी क्लब)सँग मिलेर अघि बढ्न सक्छौँ ।”

    मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गर्नुभयो । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताउनुभयो ।

    मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “पहिलोपटक काठमाडौँ बाहिर लिग खेल्न पोखरा आएका छौँ, प्रदेश सरकारसँग मिलेर फुटबल विकासमा अघि बढ्नेछौँ”, उहाँले भन्नुभयो । यस वर्षको शहीद स्मारक लिगअन्तर्गत पाँचाँै चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.