सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैरसरकारी संस्थाको माग अनुसार कानुन परिमार्जन गर्न सरकार तयार : गृहमन्त्री खाँण


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १५:१६ 
  • काठमाडौं,२ पुस। गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

    उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो।

    गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे । उनले गैरसरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।

    गृहमन्त्री खाँणले भने, ‘गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरुका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ । तपाईहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला । आवश्यक पर्‍यो भने जिल्ला सुरक्षा निकायले तपाईहरुलाई सुरक्षा प्रदान गर्नेछ । मुलुकको निर्माण हामी सबैले मिलेर गर्ने हो । मुलुक विकासका लागि नियन्त्रित शासन प्रणालीबाट सम्भव छैन भन्ने कुरामा सरकार विश्वस्त छ । जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो ।’

    गृहमन्त्री खाँणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोही अनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.