सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार १३:३९ 
  • बैतडी, २ पुस । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो ।

    छनोट भएका अन्य खेलाडीमा विन्दु रावल, डली भट्ट, कविता जोशी, दिपा जोरा, विमला भट्ट, कविता कुँवर, रुवी पोदार, लक्ष्मी साउँद, इश्वरी विष्ट, शोभा रोकाया, दिव्या कार्की, सङ्गीता मौनी र सम्झना खड्का छन् । यस्तै रेवती धामी, मनिषा चौधरी, भावना जोशी र सपना तामाङ वैकल्पिक खेलाडीका रुपमा रहेका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।

    हालै सम्पन्न प्रदेशस्तरीय प्रतियोगितामा गरेको खेल प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको उहाँले बताउनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि कैलालीको धनगढीमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा सात प्रदेश र एक विभागीय गरी आठ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश नं १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश तथा समूह ‘बि’ मा एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं २ रहेका छन् ।

    प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख, वुमन अफ दि सिरिजले रु २५ हजार, उत्कृष्ट बलरले रु १५ हजार, उत्कृष्ट ब्याटस्वुमनले रु १५ हजार तथा वुमन अफ दि म्याचले रु दुई हजार पुरस्कार प्राप्त गर्ने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.