सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसका पाँच सहमहामन्त्री पदको मतगणना आज


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार ११:०२ 
  •  काठमाडौं,२ पुस । नेपाली कांग्रेसको बाँकी सहमहामन्त्री पदको मतगणना आज सुरु हुँदै छ । कांग्रेसका तीन सहमहामन्त्री पदको बिहीबारै नतिजा आइसकेकाले शुक्रबार बाँकी पाँच पदको मतगणना हुन लागेको हो ।

    कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे निर्वाचित भएका छन् ।

    अब सहमहामन्त्री पदका खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लष्टरमा भएको निर्वाचनको नतिजा आउन बाँकी छ ।

    खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

    मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् ।

    थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

    यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.