सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरबाट काठमाण्डौं उड्न लागेको विमानबाट जब धुँवा निस्कियो …..


  •    न्युजभित्तो/२ पुष २०७८, शुक्रबार ०८:२५ 
  • चितवन, २ पुस । बिहिबार दिउँसो करिब १ः१६ वजेको थियो । भरतपुर बिमानस्थलबाट बुद्ध एयरको फलाइट नम्बर यू फोर ३६० नम्बरको  विच क्राफ्ट जहाज काठमाडौंका लागि उडान भरेको थियो । सो जहाजले धावनमार्ग छोडेको करिब ३ मिनेमाट नै जहाजको सिट मुनिबाट धुँवा आएको यात्रुहरुले वताएका छन् ।

    पुस ३ गते अष्ट्रेलियाको उडान रहेका सञ्जीव घिमिरे बिमानस्थलमा निरास मुद्रामा हुनुहुन्थ्यो । सोही जहाजबाट काठमाडौं जाँदै गर्नु भएका घिमिरेले बाँच्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो “उडान सुरु भएको केही समयमानै म बसेको सिट मुनिबाट धँ्रुवा आयो ।” यात्रुहरु हतास मनस्थितिमा रहेको उहाँले बताउनुभयो । सिमाराबाट काठमाडौं उडान भरि चितवन आएको सो जहाजमा १७ जना वयस्क, एक नावालक र एक बच्चा सवार रहेका थिए । साथमा चालक दलका तीन सदस्य थिए ।

    उहाँले भन्नुभयो “जहाजबाट धुँवा आएपछि बाचिन्छ जस्तो लागेको थिएन ।” “उडी रहेको जहाजमा धँुवा आएपछि कस्लाई बाँचिन्छ जस्तो लाग्छ र” उहाँले थप्नुभयो । जहाजका कर्मचारीहरुले यात्रुहरुलाई इन्जिनमा समस्या देखिएको भन्दै एउटा इन्जिनले मात्र भए पनि काठमाडौं अबतरण गराउने वताए पछि यात्रुहरु झन आत्तिएको उहाँले बताउनुभयो ।

    सोही जहाजमा सवार सन्दीप पौडेल भाग्यले बाँचेको बताउनुहुन्छ । उडेको जहाज ३ मिनेटमा नियन्त्रण बाहिर जान थालेपछि अब जिन्दगी यति रहेछ भन्ने लागेको उहाँले सुनाउनु भयो । जहाजमा धँुवा आए पछि सबैको मनमा चिसो पसेको भन्दै उहाँले नयाँ जीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो “जव जहाजमा धुँवा आयो तव यात्रुहरुमा रोइकराई सुरु भयो ।” सिमाराबाट काठमाडौं र काठमाडौंबाट चितवन आएको जहाज बिना प्राबिधिक जाँच उडान भर्दा यस्तो भएको उहाँले बताउनुभयो । पुस ३ गते अष्ट्रेलिया जानु पर्ने भएकाले छिटो काठमाडौं गएर किनमेल गर्ने योजना अहिले तुहिएको उहाँको गुनासो थियो ।

    जहाजमा समस्या आएर अबतरण गरेपछि कतिपय यात्रुहरु सडक मार्ग हुँदै काठमाडौं जाने तयारी गरिरकेका थिए । त्यसै क्रममा हवाई मार्गको टिकट रद्ध गरि सडक मार्गबाट जान लाग्नु भएकी सिन्धु नेपाल एयरलाईन्सको कम्जोरीका कारण ज्यान जोखिममा परेको बताउनु हुन्छ । अब जहाजमा नजाने भन्दै उहाँ गाडीमा सामान राख्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो “ज्यान वच्यो । अब गाडीबाट काठमाडौं जान्छौ ।”

    आपतकालिन अबतरण गरिएको जहाजलाई एयरलाईन्सका कर्मचारीहरुले धावन मार्गबाट धकेलेर पाकीङ् स्थलमा ल्याएका छन् । सो जहाजलाई पार्कीङ् स्थलमा ल्याए संगै उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकले जानकारी दिनुभयो । दिउँसो ३ः३० वजे बाट पुनः उडान सुरु गरिएको उहाँले बताउनुभयो । जहाजमा के कारण समस्या आएको हो भन्ने बिषयको अध्ययनका लागि प्राबिधिक टोली चितवन आएको र अध्ययन सुरु गरेको उहाँले जानकारी दिनुभयो । बुद्ध एयरले भरतपुरबाट काठमाडौं, पोखरा र भैरहवा उडान भर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.