बुद्ध एयरको विमान भरतपुरमा आपतकालिन अवतरण, सबै यात्रुको सकुशल उद्धार
न्युजभित्तो/१ पुष २०७८, बिहीबार १३:५३
चितवन, १ पुस । बुद्ध एयरको विमान भरतपुरमा आपतकालिन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही बेरमै यन्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो ।
नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । अन्य कारणका बारेमा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।
बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताउनुभयो । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

(सांकेतिक तस्वीर)