सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गैँडाकोट नगरपालिकामा थपिए साढे दुई करोडका विभिन्न योजना


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार १२:४० 
  • नवलपुर,१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले वडास्तरबाट माग भएर आएका विभिन्न ३९ योजना कार्यान्वयन गर्नेगरी थप गरेको छ । अठार वडा रहेको नगरपालिकामा १६ वडाबाट माग भएका थप ती योजनाहरु कार्यान्वयन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलले जनकारी दिनुभयो ।

    नगरपालिकाको वडा नम्बर ३ र १८ बाट थप योजना माग नभएको बताइएको छ । योजना माग भएर आएका वडाका लागि नगरपालिकाले थप रु दुई करोड ४५ लाख ९९ हजार विनियोजन गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । गत साउनयता वडाबाट वडा समितिको सिफारिस भई आएका थप योजनामा छलफल पश्चात ८१औँ नगर कार्यपालिकाको बैठकले योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले वडा समितिको सिफारिस भएका योजना संचित कोषबाट रकम छुट्याइ योजना कार्यान्वयन गर्ने निर्णय गरेको बताउनुभयो । छुट्याइएको योजना अधिकांश सडकमार्ग र पुनः कालोपत्रे गर्नकालागि छन् । गैँडाकोट १ मा मन्दिर र सडकका पूर्वाधार निर्माणका रु १५ लाख विनियोजन गरिएको छ ।

    त्यस्तै वडा नम्बर २ मा रु १६ लाख, वडा नम्बर ४ मा रु १५ लाख, वडा नम्बर ५ मा रु १७ लाख, वडा नम्बर ६ मा रु १५ लाख विनियोजन गरिएको सुवेदीले बताउनुभयो । वडा नम्बर ७ मा तटबन्ध गर्ने तार जालीका रु १६ लाख ९२ हजार, वडा नम्बर ८ मा सडक मर्मतका लागि रु १५ लाख, वडा नम्बर ९ ग्याबिन तथा सत्सङ्ग भवनका लागि रु १५ लाख छुट्याइएको सुवेदीको भनाइ छ । त्यसैगरी वडा नम्बर १० मा विद्यालयको गेट, कृषि तथा नाला र बाटोको लागि रु १५ लाख, वडा नम्बर ११ मा सडक पुनः कालोपत्रका लागि १५ लाख, वडा नम्बर १२ मा ग्याबिन र तटबन्धका लागि रु १६ लाख, तथा वडा नम्बर १३ मा सडक कालोपत्रेका लागि रु १५ लाख खर्च गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । गैँडाकोट १४ मा सडक कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १५ मा सडक पुनः कालोपत्रेका लागि रु १५ लाख, वडा नम्बर १६ मा खोला नियन्त्रणका लागि रु १५ लाख र वडा नम्बर १७ मा खोला नियन्त्रणका लागि रु १५ लाख विनियोजन भएको सुवेदीले जानकारी दिनुभयो ।

    त्यसैगरीे बैठकले नारायणी नदीले छोडेको खाली जमिनको संरक्षण गर्नका लागि नापनक्साङ्कनको काम गर्ने निर्णय गरेको छ । नदीले धार परिवर्तन गर्दा गैँडाकोटर्फ खाली छोडेको जग्गाको नापनक्साङ्कन गर्दै संरक्षण गर्ने काम गर्न लागिएको नगरप्रमुख पौडेलले बताउनुभयो । नगरपालिकाको वडा नम्बर ६, ७ र ९ को नारायणी नदीले छोडेको जमिनलाई नापनक्सा तथा संरक्षण गर्न लागिएको नगर पौडेलले बताउनुभयो । सो नदीले छोडेको जमिनलाई नाप नक्सा तथा संरक्षणका लागि सङ्घीय सरकारको भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एवं विभागमा पत्राचार गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.