सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार १२:२६ 
  • काठमाडौँ, १ पुस  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

    मौसम विश्लेषण

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    हाल मौसमको अवस्था

    हाल प्रदेश नं १ र बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    २०७८ पौष १ गते (बिहीबार)

    दिउँसो

    प्रदेश १ तथा बांकी पहाडी भु-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    २०७८ पौष २ गते (शुक्रबार)

    दिउँसो

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र उक्त प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

    राती

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

    २०७८ पौष ३ गते (शनिबार)

    दिउँसो

    देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा तथा बांकी पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

    राती

    देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.