सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखले निर्णय नदिएसम्म संसद चल्न दिन्नौं : सुवास नेम्वाङ


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १५:५४ 
  •  काठमाडौं,२९ मंसिर । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संघीय संसदको जारी गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले पहल गर्नुपर्ने बताएका छन् । सभामुखले पहल नगरेका कारण संसदको गतिरोध लम्बिएको उनको टिप्पणी छ ।

    पार्टीले माधव नेपालसहित १४ जना सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले २३ भदौ २०७८ देखि संघीय संसदमा नाराबाजी गर्दै आएको छ । अघिल्लो अधिवेशन पुरै संसदको काम कारबाहीमा भाग नलिएको एमालेले मंगलबार शुरु भएको हिउँदे अधिवेशनमा पनि अवरोध र नाराबाजीलाई निरन्तरता दिएको छ ।

    संसदमा जुन इस्यु (१४ जना सांसदको कारबाही) छ । हामीले यस्तै गर्नुपर्छ भनेका छैनौं, कानुन बमोजिम गर भनेको हो । उहाँ (सभामुख) ले काम गरिदिनुपर्यो । अनि त्यही नगर्ने ? केही पनि नगरेपछि उहाँ (सभामुख) नेता रहनुभएन । हामीले गम्भीर विषय पो उठाएका छौं त’ उपनेता नेम्वाङले अनलाइनखबरसंग भने ।

    ‘संसद अवरोध कहिलेसम्म ?’ भन्ने प्रश्नमा नेम्वाङ भन्छन्, ‘माग सम्बोधन नभएसम्म ।’ सभामुखले अब पनि एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको भनी सूचना टाँस गर्न सक्ने नेम्वाङको भनाइ छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले भने एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै आएका छन् । सभामुख सापकोटाले एमालेले संसद अवरोध गर्नु कानुनसम्मत नरहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

    गत सोमबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुसंग कुरा गर्दै सभामुखले भनेका थिए, ‘उहाँहरु (एमाले) ले जे गरिराख्नुभएको छ त्यो संविधान, नियम, कानून अनुसार छैन । नेपाली जनताले यसलाई छर्लङ्ग बुझेका छन् ।’ सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ भूमिका नै निर्वाह गरेको र गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    यसबारे प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता नेम्वाङको टिप्पणी छ, ‘उहाँको भाषणले हुँदैन । उहाँले त काम पो गर्ने हो त । कानुन बमोजिम जे गर्नुपर्ने हो त्यो काम पो गर्नुपर्छ ।’

    सभामुख सापकोटालाई उपनेता नेम्वाङको आग्रह छ, ‘…सभामुखले बोल्नुपर्छ । १४ जनाको कारबाही हुँदैन भने कुन कानुन अनुसार हुँदैन भनेर भनिदिए भयो ।’

    एमाले संसदीय दलका उपनेता नेम्वाङसंगको छोटो संवाद

    एमालेले न्याय संसदबाट खोजेको कि सर्वोच्चबाट ?

    संसदमा जुन इस्यू छ । हामीले यस्तै गर्नुपर्छ भनेका छैनौं, भन्दैनौं । कानुन बमोजिम गर भनेको हो । उहाँ (सभामुख) ले काम गरिदिनुपर्यो । अनि त्यही चाहिँ नगर्ने ? केही पनि नगरेपछि उहाँ (सभामुख) नेता रहनुभएन । हामीले गम्भीर विषय पो उठाएका छौं त । हामीले भेदभाव गर्नुभएन भनेर प्रष्ट भनेका छौं ।

    भनेपछि यो विषयमा सभामुख बोल्नुपर्छ भन्नुभएको ?

    सभामुखले बोल्नुपर्छ । १४ जनाको कारबाही हुँदैन भने कुन कानुन अनुसार हुँदैन भनेर भनिदिए भयो ।

    सभामुखले त एमालेको माग कानुनसम्मत नभएको भन्नुभयो नि ?

    उहाँको भाषणले हुँदैन । उहाँले त काम पो गर्ने हो त । कानुन बमोजिम जे गर्नुपर्ने हो त्यो काम पो गर्नुपर्छ ।

    संसद अवरोध कहिलेसम्म गर्नुहुन्छ ?

    माग सम्बोधन नभएसम्म ।

    एमालेले कारबाही गरेका १४ सांसद यी यी हुन् भनेर सभामुखले सूचना टाँसिदिनुपर्‍यो ?

    टाँसिदिनुपर्‍यो ।

    सर्वोच्च अदालतमा पनि त मुद्धा हाल्नुभएको छ त ?

    छ ।

    संसद र अदालत दुबैतिरबाट न्याय खोज्नुभएको ?

    दुबैतिरबाट हो । उता न्यायपालिका मुद्धा अगाडि नै बढाउँदैन । यता सभामुख काम गर्दै नगर्ने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.