सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यातयात कार्यालय चितवनले भोलिदेखि पेपर कार्ड नविकरण गर्ने,


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १५:३९ 
  • चितवन, २९ मङ्सिर यातयात व्यवस्था कार्यालय चितवनले भोलि (बिहीबार)देखि सवारी चालक अनुमति पत्र (पेपर कार्ड) नविकरण गर्ने भएको छ । कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी भोलिदेखि पेपर कार्ड नविकरण गर्ने जनाएको हो ।

    नागरिकताको ठेगाना र सवारी चालक अनुमतिपत्र वाग्मती प्रदेशको नभएर अन्य प्रदेशमा जारी गरिएको खण्डमा उक्त कार्यालयमा नविकरण नहुने कार्यालय प्रमुख सुवास उप्रेतीले जानकारी दिए । उनले भने,‘जुन प्रदेशको नागरीक र सवारी अनुमति पत्र छ उसले त्यही प्रदेशलाई कर तिर्नुपर्छ । एक प्रदेशको आम्दानी अर्को प्रदेशले लिन मिल्दैन । यही अनुसारको परिपत्र भएका कारण वाग्मती प्रदेशको बासिन्दा अथवा वाग्मती प्रदेशबाट जारी भएको सवारी अनुमतिपत्र नविकरण हुनेछ ।’

    कार्यालयले सवारी चालक अनुमतिपत्र नविकरण गर्दा ई–टोकनको प्रयोग गर्न जरुरी रहेको कार्यालय प्रमुख उप्रेतीले बताए । घरमै बसेर यातयात कार्यालयको वेवसाइटमार्फत भेटघाट व्यवस्थापन प्रणालीमा गई आवश्यक विवरण भरी एक हप्ताभित्र उक्त टोकनमार्फत नविकरण गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।

    त्यस्तै वाग्मती प्रदेश बाहिरका सरकारी कर्मचारीको हकमा पनि कार्यरत कार्यालयको सिफारीस नभएको खण्डमा पनि यस कार्यालयबाट लाइसेन्स नविकरण नहुने उप्रेतीले जानकारी दिए ।

    कार्ड नविकरण गर्दा सक्कल नागरिकता र सक्कल सवारी चालक अनुपतिपत्र सहित फोटोकपि पनि आवश्यक पर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.