सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्री हटाइयाे


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १४:०० 
  • काठमाण्डाै,२९ मङ्सिर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।

    बुधबार १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाण्डौ उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रिय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताउनु भयो । उहाँले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाइ थालिएको बताउनु भयो । पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचार सामग्री हस्तान्तरण गरेर सरसफाइ गरिएको हो ।

    मंसिर २४ गतेबाट शुरु भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मतगणना भने बाँकी नै छ । १४ औँ पार्टी केन्द्रिय महाधिवेशनबाट प्रधानमन्त्री समेत रहनुभएका शेरबहादुर देउवा विजयी बन्नुभएको छ । पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवार कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो । जसमा शेरबहादुर देउवाले दुई हजार सात सय ३३ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार आठ सय ५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणका लागि भएको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् दुई हजार तीन सय ११ मतको आवश्यक पर्दथ्यो । खसेको मतमध्ये ३५ मत भने बदर भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.