सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना आजैदेखि


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १३:५६ 
  • काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ ।

    निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना सुरु गर्न निर्वाचन समितिले पार्टी नेतासहितको बैठक १ बजे बोलाएको सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । मतगणनाको आचारसंहितालगायत विषयमा छलफल एवं निर्णयपछि गणना सुरु हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा गरिने पनि उहाँले बताउनुभयो । सोमबार नै निर्वाचन सकिएपछि पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगी राखिएको छ ।

    पहिलो चरणमा सभापति पदको मतगणना मङ्गलबार राति सम्पन्न भएको थियो । सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार दिउँसोदेखि बढी मत पाउने शेरबहादुर देउवा र डा शेखरप्रसाद कोइरालाकाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहनुभएका देउवा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.