सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुँजीगत खर्च नहुनु नै अहिलेको मुख्य समस्या हो : अर्थमन्त्री


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १२:३५ 
  • काठमाडौं,२९ मंसिर। अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या नै पुँजीगत (विकास) खर्च हुन नसक्नु रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य कारण रहेको बताए ।

    ‘प्रतिस्थापन विधेयकमार्फत बजेट अध्यादेशलाई वैधानिकता दिनुपर्ने बाध्यता थियो,’ उनले भने, त्यसले काम प्रभावित भयो ।’ यस विषयमा अर्थ मन्त्रालय चिन्तित र सक्रिय रहेको समय उनले बताए । ‘अर्थ मन्त्रालय आफैंले खर्च गर्ने होइन’, उनले भने, ‘हामीले व्यवस्थापन मात्र गर्ने हो, लाइन मन्त्रालयहरुसँग दैनिक कुरा भइरहेको छ ।’

    अब कामले गति लिने र पुँजीगत खर्च समेत हुने उनको भनाइ छ । फरक प्रशंगमा बैंकिङ क्षेत्रमा तरलता अभाव पूर्ति गर्न नेपाल राष्ट्र बैंकबाट पहल भइरहेको उनले बताए ।

    मुलुकलाई समृद्ध बनाउन नेपालको सम्भावना भएका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले त्यसमा पहल गर्न निजी क्षेत्रलाई समेत आहृवान गरे ।

    ‘प्रतिस्पर्धामा जान सक्ने, स्वयमः आत्मनिर्भर बन्न सक्ने क्षेत्रमा अध्ययन गरौं,’ उनले भने, ‘हिजो र आजको परिस्थिति फरक छ ।’ चालु आवको पहिलो चार महिना मै ३८७ अर्ब कर्जा विस्तार भइसकेको भन्दै उनले यो कर्जा उत्पादनशील क्षेत्रमा गएको भए राम्रो हुने उल्लेख गरे ।

    कोरोनाको नयाँ भेरियन्ट आउने हल्लाका बीच आर्थिक क्षेत्र चलायमान बनाइराख्न सरकार गम्भीर रहेको बताए । एनआरएनबाट खाता खोल्नेबारे मार्केटिङ गरिरहेको भन्दै उनले यसरी पनि तरलता व्यवस्थापनको प्रयास भइरहेको बताए ।

    सम्मेलनबाट प्राप्त हुने सुझाव मन्त्रालयले ग्रहण गर्ने भन्दै सरकारसँग सहजीकरणका लागि मन्त्रालयमा सुझाव दिन समेत उनले आहृवान गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल एमसीसी पारित गरि कार्यान्वयनमा लैजान सरकारलाई सुझाव दिए । ५ महिनासम्म वैदेशिक अनुदान नआएको प्रशंग निकाल्दै उनले विदेशी लगानी समेत नआएको अवस्थामा एमसीसी जस्ता परियोजनाको महत्व बढी हुने उल्लेख गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
    सुनचाँदीको मूल्यमा केही गिरावट
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
    • समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
    • पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    • रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    • उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.