सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवालाई शुभकामना दिंदै पौडेलले भने- एकताबद्ध कांग्रेस र सुशासनमा ध्यान पुगोस्


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १२:२१ 
  • काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । एकताबद्ध कांग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै पौडेलले देउवालाई बधाई दिएका हुन् ।

    लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थीरतातिर धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेस आवश्यक रहेकामा जोड दिएका छन् ।

     

    आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भनेका छन्, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’

    पौडेल थप लेख्छन्, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुनचाँदीको मूल्यमा केही गिरावट
    दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
    समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी
    • पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    • रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    • उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.