सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पदाधिकारी छनोट नगरी माओवादी केन्द्रको प्रदेश अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार १२:०४ 
  • सुदूरपश्चिम, २९ मङ्सिर । धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गए राति सम्पन्न भएको छ ।

    प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिबार शुरु भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ । घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षसहितका नौ पदाधिकारी चयन गरिने सो पार्टीको प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिनुभयो ।

    “प्रदेश अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेर अधिवेशन लम्बिएको भन्ने कुरा गलत हो”, उहाँले भन्नुभयो, “समावेशी प्रतिनिधि र क्लष्टर मिलाउनु परेको जस्ता प्रक्रिया अपनाउनु पर्दा थोरै लम्बिएको हो ।” प्रदेश कमिटीको अध्यक्षमा निवर्तमान अध्यक्ष भण्डारी, नरेन्द्र कुवँर, मानबहादुर धामी, वीरमान चौधरी, नेपबहादुर चौधरी, हरी चौधरी, हरि ज्ञवालीलगायत नेता आकांक्षी रहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते
    • ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.