सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’द्वारा २३ महिलाको उद्धार


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार ११:४६ 
  • खोटाङ, २९ मङ्सिर  । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ खोटाङ, २९ मङ्सिरपहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई उद्धार गरेर उपचार गर्न थालिएपछि उक्त कार्यक्रम प्रभावकारी देखिएको हो ।

    आर्थिक वर्ष २०७५÷७६ देखि जिल्लामा सुरुआत भएको यस कार्यक्रमअन्तर्गत हालसम्म जिल्लाका २३ गर्भवतीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । सुत्केरी अवस्थामा आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा जिल्ला अस्पतालको सिफारिसमा प्रशासनले हवाई उद्धारका लागि प्रक्रिया अगाडि बढाउने गरेको छ ।

    लामो समयसम्म सुत्केरी व्यथा लागेर पनि बच्चा जन्माउन कठिनाइ भएमा, गर्भमै बच्चाको मृत्यु भएमा, गर्भावस्थामा अत्यधिक रक्तश्राव भएमा, रक्तअल्पता भएमा, सुरक्षित सुत्केरी केन्द्र (बर्थिङ सेन्टर)मा सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भई बेहोस भएमा, विभिन्न खालका कम्पन आएमा, आमा र बच्चा दुवैको ज्यान जोखिम भएमा हेलिकोप्टर झिकाउने गरिएको छ । कार्यक्रमले निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम लागू भएपछि जिल्लाका गर्भवती तथा सुत्केरी र नवजात शिशुले अकालमै ज्यान गुमाउनु नपरेको जिल्ला अस्पतालका प्रमुख डाक्टर वैभव मल्लिकले बताउनुभयो ।

    जिल्ला प्रशासनका अनुसार केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी १९ वर्षीया मन्दिरा विश्कर्मा, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी २२ वर्षीया अनिता राई, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्ककी २५ वर्षीया सिर्जना तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी २८ वर्षीया एलिना कार्कीको उद्धार गरिएको छ । यस्तै खोटेहाङ गाउँपालिका–३ सवाकटहरेकी १७ वर्षीया विमामाया विश्वकर्मा, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी ३६ वर्षीया बबिता राई, केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी १९ वर्षीया रमिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २८ वर्षीया रेणुका वन गिरी, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारकी २३ वर्षीया रबिता राई, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी २३ वर्षीया विष्णु राई खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउँरीडाँडाकी २४ वर्षीया शान्ता कटवाल, साकेला गाउँपालिका–४ मात्तिमकी २५ वर्षीया सरस्वती कटवाल र जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खु शिवालयकी २७ वर्षीया शिवकुमारी सापकोटाको उद्धार गरिएको हो ।

    यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी २८ वर्षीया निलम राई, ३४ वर्षीया देवी खत्री, दिक्तेलकी १९ वर्षीया तारा राई, २३ वर्षीया दीपा आचार्य र २४ वर्षीया मेनुका खड्का, दिक्तेल सोल्माका ३० वर्षीया शान्ता विश्वकर्मा, ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका २९ वर्षीया मोनिका राई, साकेला गाउँपालिका–५ मात्तिमका २४ वर्षीया सुनिता राई, जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका १९ वर्षीया हीरा राय र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी १८ वर्षीया मेनुका विष्टको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रशासनले जनाएको छ ।

    दिक्तेलबजारको हेलिप्याड, ऐसेलुखर्क, चिसापानीलगायतका स्थानबाट उद्धार गरिएका गर्भवती तथा सुत्केरीको प्रसूतिगृह थापाथली र कोशी अस्पताल विराटनगरमा उपचार गर्ने गरिएको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी १९ वर्षीया जुनकला राईको उद्धारमा हेलिकोप्टर आउन नसकेको र सोही नगरपालिकाको वडा नं ४ खाल्लेकी १९ वर्षीया सिर्जना विश्वकर्माको उद्धारमा हेलिकोप्टर आए पनि मौसम खराबका कारण उद्धार हुन नसकेको जनाइएको छ ।

    उद्धार गर्न नसकिएका दुवै महिलाको जिल्ला अस्पतालमा सफल उपचार भएको प्रशासनले जनाएको छ । उहाँका उद्धारमा आएको हेलिकोप्टर मौसम खराबीका कारण उड्न नसकेपछि जिल्लामै एक दिन बसेर फर्किएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते
    • ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.