सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोक सेवा आयोगः २८४ जना अधिकृतका लागि विज्ञापन खुल्यो


  •    न्युजभित्तो/२९ मंसिर २०७८, बुधबार ११:१६ 
  • विराटनगर,२९ मंसिर । लोक सेवा आयोगले २८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ ।

    कर्मचारी समायोजनको विवाद अदालतबाट निरुपण हुन नसकेको अवस्थामा आयोगले विज्ञापन खुलाएको हो । लोक सेवा आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलतर्फ ७० गरी कूल २८४ जना अधिकृतको विज्ञापन गरेको हो ।

    लोक सेवाले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन । त्यतिबेलाको विवाद कायमै रहेका बेला आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।

    यसअघि परीक्षा नै नभएका र परीक्षा दिएर नाम सिफारिस हुन बाँकी रहेकाहरुको विषयमा मुद्दा परेका कारण प्रक्रिया अघि बढेको छैन । कर्मचारी समायोजनसम्बन्धी ती विवादहरुको एकमुष्ट सुनुवाइका लागि विहीबार पेशी तोकिएको छ ।

    बुधबार विज्ञापन खोलिएका पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा छ । तर न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्ने छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.