सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको अवरोधका कारण संसद् बैठक पुस ६ गतेसम्मका लागि स्थगित


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १६:३५ 
  • काठमाडौँ२८ मङ्सिर  । नेकपा (एमाले) आज पनि संसद् अवरोध जारी राखेको छ । एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक पुस ६ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    एमालेको अवरोधका बाबजुद प्रतिनिधिसभामा आज ६ वटा अध्यादेश भने पेश भने भएको छ । यसअघि आज संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध जारी राख्ने स्पष्ट पारेका थिए ।

    प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका ओलीले ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप समेत लगाएका छन् । ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप समेत लगाए ।

    यद्यपि नेकपा(माओवादी केन्द्र) ले सङ्घीय संसद्को गत्यावरोध हटाउन विशेष पहल गर्ने भएको थियो । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसद्मा लामो समयसम्म अवरोध हुँदा महत्वपूर्ण विधेयक लगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको थियो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको यही मंसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.