सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो : सभापति देउवा


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १३:३९ 
  • काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले देउवालाई सघाउने निर्णय गरेका छन् । प्रकाशमान सिंहको निवास चाक्सीबारीमा देउवाले पार्टीमा सुधार गर्ने प्रतिबद्धता समेत जनाएका हुन् ।

    देउवाले भने, ‘प्रकाशमानजी र सुजाता लगायत सबै साथीहरूले जुन सदासयता देखाउनु भयो । प्रकाशमानजी र हामी पहिलाकै साथी हौं । मिलेर जान्छौं ।’देउवालाई सघाउने निर्णय गरेका सिंहले कार्यकर्ताको स्वीकार्यता देखिएको समर्थन गर्ने निर्णयमा पुगेको बताए ।

    समर्थन जनाउदै नेता सिंहले भने, ‘सुजाता र विश्वजी अनि हामी बसेर छलफल गर्‍यौं । नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर महाधिवेशनमा भाग लिएका हौं। देशभरका अधिकांश महाधिवेशन प्रतिनिधिको देउवाजीलाई स्वीकार्यता देखिएको कारणले गर्दा उहाँलाई समर्थन गर्ने निर्णय गर्‍यौं ।’ कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि हुँदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.