सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार ११:५७ 
  • काठमाडौं,२८ मङ्सिर  । चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् ।

    अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।

    अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले न्यायाधीश लम्सालको इजलासले दिएको आदेशअनुसार धरौटी बुझाएर मुख्य अभियुक्त अग्रवाल छुटेको बताए।

    तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेती सहितको समूहले भरियाका रूपमा काम गर्दै आएका मोरङ उर्लाबारीका सनम शाक्यको २०७४ साल माघ १८ गते हत्या गरेको थियो ।

    यस प्रकरणको सूक्ष्म अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते मुद्दा दर्ता भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.