सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार ११:०३ 
  • उदयपुर, २८ मङ्सिर ।  उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको कृषक बिन्द्रमान मगर बताउनुहुन्छ ।

    दश वर्षदेखि व्यावसायिक बेसारखेती हुँदै आएको सिद्धिपुरमा दुई वर्ष अघिसम्म वार्षिक एक करोडको बेसार उत्पादन हुने गरेकामा गत वर्षदेखि वार्षिक रु डेढ करोडभन्दा बढीको बेसार उत्पादन भएको अर्का कृषक भुपेन्द्र मगरले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष बेसारखेती विस्तारसँगै वृद्धि भएकाले यसपटक सरदर रु दुई करोडसम्मको बेसार बिक्री गर्न सकिने अवस्था रहेको उहाँ बताउनुहुन्छ ।

    चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईका अनुसार चौदण्डीको सिद्धिपुर क्षेत्र जिल्लाकै एक नम्बर बेसार पकेट क्षेत्र घोषणा गरिएको छ । वार्षिक सिद्धिपुरमा डेढ करोड बराबरको बेसार उत्पादन भएर विराटनगरतर्फ बिक्री हुने गरेको नगरप्रमुख राईले बताउनुभयो । सिद्धिपुरमा हाल ४० घर कृषकले व्यावसायिकरूपमा बेसारखेती गर्दै आएका छन् ।

    जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख महेश चौधरीका अनुसार व्यावसायिक बेसारखेतीले फड्को मारेको छ । हाल जिल्लामा करिब १३७ हेक्टर क्षेत्रफलमा व्यावसायिक बेसारखेती हुँदै आएको छ । वार्षिक झण्डै ८०० मेट्रिक टन बेसार उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख चौधरीले बताउनुभयो । वार्षिक करिब रु पाँच करोडभन्दा बढी मूल्यसम्मको बेसार उत्पादन भएर अन्यत्र बिक्री हुने गरेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।

    जिल्लामा उत्पादन भएका अधिकांश बेसार विराटनगरस्थित गोल्छा र दुगड मिल्सले खरिद गर्ने गरेकाले बेसार बिक्रीमासमेत सहज भएको केन्द्रका कर्मचारी बताउँछन् । सिद्धिपुरपछि त्रियुगा नगरपालिकाको साउने खाँबु, बेलकाको मैनामैनी, बबला, कटारी नगरपालिकाको रिस्कु र अन्य क्षेत्र सिरीसे, हर्देनी, उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा र दनुवारबेँसी क्षेत्र बेसार उत्पादन पाकेट क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    विगतमा परम्परागत प्रजातिको स्थानीय बेसार मात्र उत्पादन हुने गरेकामा केही वर्षदेखि काभ्रेमा उत्पादन हुने गरेको उन्नत सुगन्धा जातको बेसार खरिद गरेर उदयपुरमा यसको खेती सुरु भएको हो । उदयपुरमा सुगन्धा जातको उन्नत बेसार उत्पादन हुन थालेपछि अहिले वार्षिकरूपमा बेसार उत्पादनमा वृद्धि हुँदै गएको जिल्लाका कृषकले राम्रो आम्दानी गर्न थालेका छन् ।

    जिल्लामा यस वर्ष झण्डै साढे तीन करोड बराबरको बेसार उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पश्चिमी पहाडी क्षेत्रका सिरीसे, हर्दिनी, लेखानी, रिस्कु, तावाश्री तथा मध्यक्षेत्रका साउने, खाँबु, आँपटार, पोखरी क्षेत्रमा बेसार उत्पादन भएका छन् । यस्तै पूर्वी क्षेत्रको मैनामैनी, बबला, चोदण्डी तथा सिद्धीपुर क्षेत्रमा समेत यस वर्ष बेसार उत्पादन बढेको स्थानीय कृषकले बताएका छन् ।

    उदयपुरको पूर्वी क्षेत्रबाट उत्पादन हुने बेसार सुनसरीको धरान, इनारुवा, दुहबी तथा विराटनगर क्षेत्रमा निर्यात हुने गरेको छ । मध्य पहाडी क्षेत्रमा उत्पादन भएको बेसार सप्तरी तथा सिरहा क्षेत्रमा र पश्चिमी क्षेत्रको पहाडी क्षेत्रमा उत्पादित बेसार सिरहा तथा धनुषा क्षेत्रमासमेत निर्यात हुने गरेको छ । बेसार खेतीले कृषकलाई राम्रो आम्दानी दिँदै आए पनि यस वर्ष तराई बन्दका कारण बिक्रीमा अझैसम्म पनि उचित बजार पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पवन गिरीको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.