सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी किनारमा आज सप्तरङ्ग कार्यक्रमः निःशुल्क प्रवेशको व्यवस्था, टेलिकमको सिम निःशुल्क पाइने


  •    न्युजभित्तो/२८ मंसिर २०७८, मंगलवार १०:१२ 
  • चितवन,२८ मंसिर  । आज चितवनको नारायणी नदी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले आज नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सकेर सप्तरङ्ग टिम आज चितवन आइपुगेको हो ।

    ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।

    काँकडभिट्टा लगत्तै मङ्सिर २६ जनकपुर , २८ गते आज चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गर्दै सप्तरङ्ग कार्यक्रममा सहभागी हुन सबैलाई आब्हान गरेको छ । नेपाल समेत आयोजकको रुपमा रहेको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम ४ बजेदेखि सुरु हुनेछ ।

    नेपाल टेलिकमले आज चितवनको नारायणी किनारमा निःशुल्क सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमको प्रायोजनमा हुने सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ को अवसरमा निःशुल्क सिम वितरण गर्न लागिएको हो । नेपाल टेलिकम भरतपुरले सोमबार एक सूचना जारी गर्दै कार्यक्रमबारे उल्लेख गरेको छ । टेलिकमले सिम कार्ड लिन चाहने जोकोही व्यक्तिले नागरिकता वा पासपोर्टको फोटोकपी लिएर कार्यक्रमस्थलमा जान नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख नविन कुमार मिश्रले अनुरोध गर्नुभयो ।

    विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत सिङ्गो देश र विदेशमा रही आएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ । नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति , धर्म, भाषा र भेसभुसालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रस्टाएको छ ।

    पहिलो र दोस्रो संस्करणले सात प्रदेश बिचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिनेछ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’
    • दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    • परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    • कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.