सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि गैँडाकोट तेक्वान्दो डोजाङलाई


  •    न्युजभित्तो/२६ मंसिर २०७८, आईतवार १०:३४ 
  • नवलपुर, २६ मङ्सिर । राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समितिको आयोजमा गैँडाकोटमा सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको छ । सात स्वर्ण, आठ रजत र पाँच कास्य गरी कूल २० पदकसहित गैँडाकोट तेक्वान्दो डोजाङ पहिलो भएको हो ।

    त्यस्तै रुपन्देहीको नवप्रताप तेक्वान्दो डोजाङ छ स्वर्ण, सात रजत र सात कास्य गरी २० पदकसिहत दोस्रो तथा चितवनको बाह्रघरे तेक्वान्दो डोजाङ चार स्वर्ण, सात रजत र तीन कास्य गरी १४ पदकसहित तेस्रो भएको राष्ट्रिय तेक्वान्दो सङ्घ नेपाल गैँडाकोट नगर समिति अध्यक्ष गोपाल परियारले जानकारी दिनुभयो । गैँडाकोटमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म भएको उक्त प्रतियोगितामा चितवनको माडी तेक्वान्दो डोजाङले सन्त्वना स्थान प्राप्त गरेको परियारले बताउनुभयो । प्रतियोगितामा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका ११ जिल्लाबाट जम्मा २०० खेलाडी सहभागी थिए ।

    छात्र र छात्राहरुको छुट्टाछुट्ट प्रतिस्पर्धा गराइएको प्रतियोगितामा रुपन्देहीका तेक्वान्दो खेलाडी विजय थारू र सञ्जिता गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । प्रतियोगितामा विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट हुने डोजाङलाई ट्रफी प्रदान गरिएको अध्यक्ष परियारले बताउनुभयो । प्रतियोगिताको शनिबार साँझ समापन गर्दै गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले खेलले खेलाडीको स्वास्थ्य र पहिचानमा महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

    खेलका कारण खेलाडीमा अनुशासन कायम हुने जनाउँदै विद्यालय तहबाट नै विद्यार्थीलाई खेलकुदमा सहभागी गराउनुपर्ने उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.