सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धार्मिक पर्यटन बढाउन नेपाल र भारतबीच सहकार्यमा जोड


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १५:४६ 
  • काठमाडौँ, २५ मङ्सिर । नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् । सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरिएको छ ।

    सम्मेलनको उद्घाटन गर्दै भारत दिल्लीका महिला बालबालिका, अल्पसङ्ख्यक तथा समाज कल्याणमन्त्री राजेन्द्रपाल गौतमले नेपाल भारतबीच पर्यटनको अथाह सम्भावना रहेकाले यसलाई आपसी सहकार्यमा अघि बढाउनुपर्ने बताए । उनले बुद्धसँग सम्बन्धित विषयहरु नेपाल र भारत दुवै देशसँग जोडिएकाले पनि धार्मिक पर्यटनका लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्नुभएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

    बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्मस्थल नेपालमा रहेको र त्यसपछिका स्थानहरु भारतमा रहेकाले सहकार्य गरेर काम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बढाउन सकिने बताए । उनले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले उक्त विमानस्थल सञ्चालमा आएपछि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गरे ।

    नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट टार्वल मार्ट आयोजना गर्न लागिएको जानकारी दिए । उनले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे बेलाबेलामा हुने भ्रम चिर्न र पर्यटकलाई सही जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गरे ।

    यस्तै टे«किङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल भारतबीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसबाट दुई देशले फाइदा लिने गरी मिलेर काम गर्न आग्रह गरीन्।

    होटल सङ्घ नेपाल (हान) का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतमा रहेका बुद्धसाइटहरुलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

    कार्यक्रममा कलकत्ता पर्यटनका एसिस्टेन्ट डाइरेक्टर बिबी मुखर्जी,बिर्गेडियर जनरल वीरेन्द्र सिंह, भारतीय रेलवेका रजिष्ट्रार अस्मिता सिंह लगायतले नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाए । मङ्सिर २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नाका साथै बी टू बी सेसन पनि आयोजना गरिने अब्टोका महासचिव डा कौलेश कुमारले जानकारी दिए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.