सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीमा जनताको आकर्षण बढिरहेको छ : श्रममन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १४:५५ 
  • दमौली, २५ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) मा जनताको आकर्षण बढेको बताएका छन् । एकीकृत समाजवादी व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले देशभर पार्टीमा जनताको आकर्षण बढिरहेको बताए ।

    “पार्टी गठन भएको छोटो समयमै उत्साहजनक रुपमा आकर्षण बढिरहेको छ, यसलाई कायम राख्न सबै लाग्नुपर्छ”, उनले भने, “पार्टीमा आउने सबैलाई उचित जिम्मेवारी दिइनेछ ।” एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले आगामी चुनावपछि पार्टी झन् बलियो हुने जिकिर गरे ।

    तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि यस क्षेत्रमा धेरै विकासका काम भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा पनि विकास निर्माणमै मुख्य ध्यान रहने बताए । “विकास निर्माणको सवालमा सबै दलबीच सहमति गरेर अगाडि बढ्नुपर्छ, यसबीचमा धेरै काम भएका छन्”, उनले भने, “आगामी दिनमा पनि विकास निर्माणका लागि दत्तचित्त भएर लाग्नेछु ।”

    कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठले जिल्लाका सबै पालिकामा सङ्गठन विस्तार अभियान तीव्र रुपमा सञ्चालन गरिएको बताए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.