सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाडौँ : ऊर्जामन्त्री


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १४:३७ 
  • काठमाडौँ, २५ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताउनुभएको छ ।

    ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

    “सहकारीले वितरण गर्ने लाभांश वा मासिक किस्ताबन्दीबाट सम्पूर्ण शेयर सदस्यलाई विद्युतीय चुल्हो खरिद गरेर दिनुहोला”, उहाँले भन्नुभयो, “राष्ट्रिय अर्थतन्त्रको विकासमा सहकारीले आफ्नो पूँजी यसतर्फ लगाउनुपर्छ ।” साधारणसभामा शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गर्ने प्रस्ताव पेश हुने र उक्त प्रस्ताव परित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    “एलपी ग्यासको पैसा डलरमा तिर्नुपर्छ, नेपालमै उत्पादित बिजुलीको प्रचुर प्रयोग गर्नुपर्छ, यसले देशभक्तिको पनि पहिचान दिन्छ”, उहाँले भन्नुभयो, “नेपालको बिजुली सस्तो छ, हाम्रो देशको पैसा हाम्रै देशमा रहन्छ । यसबाट मुलुकको आर्थिक गतिविधिमा नयाँपन आउँछ ।”

    एलपी ग्यासको तुलनामा विद्युतीय चुल्होबाट खाना पकाउन लागत कम पर्ने विभिन्न अध्ययनले देखाएका छन् । पेट्रोलियम पदार्थको आयातका कारण मुलुकको अर्थतन्त्रमा नाकारात्मक प्रभाव परेको छ । जनतालाई राहत दिन सरकारले विद्युत्को महसुल घटाएको जानकारी दिँदै उहाँले विद्युतीय उपकरणको प्रयोगमा बढवा दिन उपभोक्तासमक्ष आग्रह गर्नुभयो ।

    सरकारले यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी विद्युत्को महसुल घटाएको छ । त्यस्तै विद्युतीय सवारीको आयातमा पनि भन्सार महसुल घटाइएको छ । “नेपाल आयल निगमले एलपी ग्यासमा रु ७५८ नोक्सान व्यहोरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोबढै छ”, मन्त्री भुसालले भन्नुभयो, “ग्यासको मूल्य जति बढ्छ, बढ्न दिउँ, हामीले हाम्रो ठाउँबाट सिलिण्डर विस्थापित गरेर विद्युतीय चुल्हो भित्र्याउँ ।”

    निमगले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक रु चार अर्ब बढी नोक्सानी व्यहोर्दै आएको छ । एलपी ग्यासमा मात्रै निगमले मासिक साढे दुई अर्ब बढी नोक्सानी व्यहोरेको छ । पेट्रोलियम सवारी साधनको सट्टा विद्युतीय सवारी खरिद गर्न पनि आग्रह गर्नुभयो ।

    सो सहकारी संस्थामा ९०२ पुरुष र ५२५ महिला गरी एक हजार ४२७ शेयर सदस्य रहेका छन् । सहकारीले आव २०७७÷०७८ मा रु १० लाख ६६ हजार ५०० मुनाफा आर्जन गरेको थियो । सहकारीले गत आवमा रु सात लाख ८३ हजार ४०० ले शेयर पूँजी वृद्धि गरी रु एक करोड ४६ लाख ५४ हजार ३०० पु¥याएको छ । सो सहकारीले गत आवमा रु २९ करोड २५ लाख ९९ हजार ५७० निक्षेप सङ्कलन तथा रु १० करोड ३९ लाख ४० हजार ७२२ कर्जा प्रवाह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.