सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुलाक टिकट बिक्रीबाट साढे दुई लाख आम्दानी


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १३:५१ 
  • लमजुङ, २५ मङ्सिर । यहाँ हुलाक टिकट बिक्रीबाट रु दुई लाख ६८ हजार ८०० आम्दानी भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्म जिल्ला हुलाक कार्यालयले उक्त रकम विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको हो ।

    हुलाक कार्यालयका खरिदार सूर्यप्रसाद सोतीका अनुसार यस अवधिमा विभिन्न दरका ३० हजार ५८० हुलाक टिकट बिक्रीबाट उक्त रकम आम्दानी गर्न सफल भएको हो । उहाँले भन्नुभयो, “हामीले एकदेखि १०० रुपैयाँसम्मका टिकट बिक्री गर्ने गरे पनि सबैभन्दा बढी रु १० र २० का टिकट बिक्री हुने गरेको छ, पहिलाको जसरी टिकट बिक्री हुन छाडेको छ, गत आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्म सात लाख १६ हजार ३०० हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।”

    सो अवधिमा ८२ हजार ३८५ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट सो रकम आम्दानी भएको हुलाक कार्यालयका खरिदार सोतीले बताउनुभयो । त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा हुलाक कार्यालयले टिकट बिक्रीबाट रु पाँच लाख ७७ हजार १०० आम्दानी गरेको जनाएको छ । कार्यालयका अनुसार उक्त रकम पाँच हजार ४५३ विभिन्न दरका हुलाक टिकट बिक्रीबाट आम्दानी भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.