सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सवारी दुर्घटनामा एकको मृत्यु


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार ११:४४ 
  • झापा, २५ मङ्सिर । बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

    दुर्घटनामा परी सोही पालिका वडा नं १ भागुडुब्बाका ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको मृत्यु भएको छ । घाइते वडा नं १ कै ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको विर्तामोडस्थित बिएण्डसी अस्तालमा उपचार भइरहेको छ ।

    आज बिहान चारपाने राजगढ सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००१–ख ३५२४ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ नंको भ्यान एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.