सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समृद्धिका लागि दिगो पर्वतीय पर्यटन


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार ११:३४ 
  • पोखरा, २५ मङ्सिर । गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा उहाँले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

    हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु, हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । भूगोलविद् प्रा डा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताउनुभयो । उहाँले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राख्नुभयो ।

    रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रष्टाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताउनुभयो । उहाँले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको आँैल्याउनुभयो ।

    सो अवसरमा कुलपति गुरुङले प्रकाश थापाद्वारा लिखित पुस्तक ‘लाङटाङदेखि लण्डन’सम्मको विमोचन गर्नुभएको थियो । उक्त पुस्तकबारे चर्चा गर्दै नेपाल पर्वतारोहण सङ्घ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई समेटेको र पुस्तक पढ्नेलाई घुम्न प्रेरित गर्ने बताउनुभयो । लेखक थापाले हिमालसँग दश वर्षको अनुभव र २० वर्षको मेहनतबाट नेपालको भूभाग र हिमालको महत्वलाई पुस्तकमा उतारेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, वासु त्रिपाठी, सोफोका कोषाध्यक्ष लक्की कार्की, उपाध्यक्ष हरि त्रिपाठीलगायतले नेपालका चुचुराको प्रोफाइल तयार गरी प्राकृतिक र सस्कृति जोगाउन सके मात्रै दिगो पर्यटन सम्भव हुने धारणा राख्दै सरकारले पर्यटनमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.