सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यास नगरपालिकाद्वारा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गरिने


  •    न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार ११:२८ 
  • तनहुँ, २५ मङ्सिर । व्यास नगरपालिकाले कम विद्यार्थी भएका विद्यालयलाई मर्ज (एक आपसमा गाभिने) गर्ने निर्णय गरेको छ । नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

    नगरपालिकाभित्रका विद्यालयमा दरबन्दी कटौती गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने भएकाले विद्यार्थी कम भएका विद्यालय गाभिने तयारी गरेको हो । साथै बालविकासमा न्यूनतम पाँच र अन्य तहगत आधारमा न्यूनतम १० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई बालबालिकाको शिक्षा आर्जन गर्ने प्रत्याभूति गरी विद्यालय गाभिने निर्णय गरेको छ ।

    उक्त कार्यका लागि नगरप्रमुख, उपप्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले बताउनुभयो । नगरपालिका कार्यालयले दुई वटा कार्यविधि र एक एक वटा निर्देशिका पारित गरेको छ ।प्राथमिक विद्यालयका शिक्षक दरबन्दी मिलानसम्बन्धी स्वेच्छिक अवकाश प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्तिसम्बन्धी कार्यविधि २०७८ र स्थानीय कृषि बजार व्यवस्थापन निर्देशिका २०७८ पारित गर्ने निर्णय गरेको हो ।

    साथै स्वेच्छिक अवकासका लागि २०७८ पुस मसान्तसम्म म्याद थप गर्नेसमेत निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत पण्डितले जानकारी दिनुभयो । यस नगरपालिकाभित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि आवश्यक कार्य अघि बढाउन नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मीलाई जिम्मा दिने निर्णय गरेको छ । नगरपालिकाअन्तर्गतका कर्मचारीको तलब र अन्य सुविधा सफ्टवेयरमार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७८÷०७÷३० मा जारी ‘करार सेवामा कार्यरत कर्मचारीको कार्य सम्पादनस्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौतासम्बन्धी मापदण्ड, २०७८’ जारी गरिसकिएको छ । नगरपालिकामा कार्यरत करार कर्मचारीको मूल्याङ्कन गर्न पुनरावलोकन कर्तामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, समिति सदस्यमा वरिष्ठ इन्जिनियर राजु पौडेल, सुपरिवेक्षकमा वरिष्ठ अधिकृत रामचन्द्र हड्खलेलाई तोक्ने निर्णय गरेको छ ।

    व्यास नपाभित्रका विद्यालयमा वार्षिक उत्सव गर्ने नाउँमा धेरै दिन विद्यालयमा पठन पाठन अवरुद्ध हुने गरिएको पाइएको सो बैठकबाट ध्यानाकर्षण भएको जनाइएको छ । हरेक विद्यालयले कोरोना महामारीको अवस्थालाई समेत मध्यनजर गरी तयारी एवं वार्षिक उत्सवलाई तीन दिन र वार्षिक उत्सव कार्यक्रम तीन घण्टाभित्र सामान्य तवरले सम्पन्न गर्नु गराउनुहुन शिक्षा शाखामार्फत विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

    विभिन्न वडाबाट लागत सहभागिताका योजनाको माग भइरहेकाले सहरी वडामा न्यूनतम ३० प्रतिशत र ग्रामीण वडामा न्यूनतम २० प्रतिशत लागत सहभागिता रहने गरी रु २० लाखका पाँच र १० लाखका १० योजना रहेका छन् । उक्त योजनाको लागत स्टिमेट र सम्बन्धित वडाको सिफारिसका आधारमा पुस १० गतेभित्र टोल विकास संस्थामार्फत प्रस्ताव माग गर्ने गरी पूर्वाधार विकास तथा योजना विकास शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।

    कार्यालयको काममा बाधा नपर्ने गरी जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । तनहुँ उद्योग वाणिज्य सङ्घले महोत्सवका लागि स्थान उपलब्ध गराउन माग गरेकामा माथिल्लो भतेरी उपलब्ध गराउने र जग्गा व्यवस्थापन र यातायात मार्ग व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.