सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ : भारतीय नेताहरु


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १६:१९ 
  • काठमाडौँ, २४ मङ्सिर । छिमेकी मुलुक भारतका विभिन्न दलका नेताहरुले नेपाल–भारतबीच धार्मिक सांस्कृतिक मात्र नभई मन र हृदयबीच गहिरो सम्बन्ध रहेको बताउनुभएको छ ।

    नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै भारतीय कङ्ग्रेस आइका महामन्त्री मुकुल वासिकले नेपाल र भारतबीच धार्मिक, सांस्कृतिक र जनताबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।

    उहाँले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ र घनिष्ट तुल्याउन आफू र आफ्नो पार्टीले सक्दो योगदान पु¥याउने विश्वास दिलाउनुभयो । नेपाली कांग्रेस र भारतीय कांग्रेस पार्टीका नेताबीच पनि ऐतिहासिक सम्बन्ध रहेको उहाँको भनाइ थियो । उहाँले आपसी भाइचारा र मित्रताको सम्बन्धले दुई देशबीचका केही प्रश्नको पनि हल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

    कार्यक्रममा भारतीय जनता पार्टीका नेता डा हर्षवद्र्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनुभयो । उहाँले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।

    नेता हर्षवद्र्धनले नेपालका दलबीचको सौहार्दपूर्ण सम्बन्ध विश्वमै उदाहरणीय रहेको आफूले पाएको जनाउँदै यस्तो सम्बन्ध सधैँ रहिरहोस् भन्ने कामना पनि गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोहमा नेताहरुको सम्बोधन गर्नेक्रम जारी छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.