सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको १४ औँ महाविधेशन उद्घाटन शत्र शुरु


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १५:०६ 
  • काठमाडौँ, २४ मङ्सिर । सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् ।

    कार्यक्रममा जननेता बिपी कोइरालाल, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्बिरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गर्नुभयो । ‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो ।

    काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ । उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो ।

    विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन् । महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ । काठमाडौँ उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।

    आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ । यस्तै, १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।

    महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलले महाधिवेशनको सफलताको शुभकामना दिने कार्यक्रम रहेको छ ।

    यस्तै, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले महाविधेशनलाई सफलताको शुभकामना दिनुहुनेछ । यस्तै, भारतलगायतका देशबाट आएका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.