सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १४:२९ 
  • बैतडी, २४ मङ्सिर । परिवार नियोजनका सेवा गाउँघरमै दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीले यहाँका विभिन्न स्थानीय तहमा निःशुल्क ‘परिवार नियोजन शिविर’ सम्पन्न गरेको छ ।

    मङ्सिर ५ गतेदेखि सुरु भएको शिविर जिल्लाका आठ स्थानीय तहका विभिन्न स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो । शिविरबाट १२४ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा ३७ पुरुषले भ्यासेक्टोमी (पुरुष बन्ध्याकरण) गराएका छन् भने ४९ महिलाले मिनिल्याप (महिला बन्ध्याकरण) गराएका छन् ।

    यस्तै, परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन् । जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ ।

    पुर्चौडी नगरपालिकाको हाट स्वास्थ्य चौकीबाट मङ्सिर ५ गतेबाट सुरु भएको भएको सो शिविर मङ्सिर २३ गते डिलासैनी गाउँपालिकाको सिमार स्वास्थ्य चौकीमा समापन भएको हो । सन्तानको रहर पुगिसकेकालाई गाउँमै सेवा दिने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा र सुनौलो परिवार नेपाल (मेरी स्टोप्स इन्टरनेसनल) को प्राविधिक सहयोगमा शिविर सञ्चालनमा गरिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

    यसैबीच, मानसिक स्वास्थ्य शिविरबाट ५२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालयको आयोजनामा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा ५२ जनाले सेवा लिएका हुन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी भट्टका अनुसार विशेषज्ञहरुले सेवा प्रदान गरेका उक्त शिविरबाट २७ महिला र २५ पुरुषले शिविरमा सेवा लिएका हुन् ।

    मानसिक स्वास्थ्यको विषय ओझेलमा परेकाले मानसिक स्वास्थ्यको विषय पनि आधारभूत स्वास्थ्यकै विषय हो भन्ने कुरा जागृत गराउन शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य कार्यक्रम नहुँदा विभिन्न खालका समस्याहरु बल्झिरहने भएकाले स्वास्थ्य कार्यालयले गत वर्षदेखि मानसिक स्वास्थ्यका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

    अहिले सेवा लिएका नागरिक र अन्यहरुका लागि फेरि दोस्रो चरणमा पनि शिविर सञ्चालन गरिने योजना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई उनीहरुकै घर नजिकै सेवा दिने हेतुले शिविर सञ्चालन गरिएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.