सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस संस्थापनइतरको बैठक साँझ ५ बजे, सहमति नजुटे पौडेललाई नै साझा उम्मेदवार बनाउने तयारी


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १४:०८ 
  • काठमाडौं,२४ मङ्सिर । सहमतिमा साझा उम्मेदवार छान्न सकस परिरहेको बेला नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज साँझ ५ बजे बैठक बोलाएको छ ।

     

    महाधिवेशनको उद्घाटन सकिएपछि केन्द्रीय सदस्य, जिल्ला सभापतिसहितको छलफल राखिएको छ । पौडेल निवास बोहराटार पुगेका नेताहरूले उम्मेदवारका चारजना आकांक्षीहरूसहितलाई राखेर साँझ बैठक गर्ने जानकारी गराएर हिँडेका छन् ।

    पौडेललाई भेट्न अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, महेश आचार्य, बलबहादुर केसी, गगन थापालगायतका नेता बोहराटार पुगेका थिए ।

    पौडेल निवासको छलफलमा सहभागी एक नेताले भने, ‘भरे चारैजना दाबेदार राखेर सहमतिका लागि दबाब दिनेछौं, त्यसो गर्दा नि नभए सभापतिको साझा उम्मेदवारको रूपमा रामचन्द्र दाइलाई नै अघि सार्ने तयारीमा हामी लागेका छौं ।’

    उम्मेदवार तयको विषय धेरै ढिला हुन लागिसकेकाले अब ‘बोल्ड’ डिसिजन लिएर अघि बढ्ने र नेताहरूलाई दबाब दिने बेला आएको उनले बताए ।

    कांग्रेस संस्थापनइतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिका प्रत्यासी छन् ।

    देउवाको साथ छाडेर सभापतिको उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव अघि सारेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.