सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु : नेता कार्की


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १२:०२ 
  • काठमाडौँ, २४ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

    कांग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गर्नुभएका नेता कार्कीले रासससँग संक्षिप्त कुरा गर्र्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त र नेपालको सबैभन्दा लोकप्रिय शक्ति तथा सबैले महसुस गर्ने पार्टी बनाउने अभियानमा जुटेको बताउनुभयो ।

    प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा चिनिनुभएका नेता कार्कीले अनवरत रुपमा पार्टीको हरेक आरोह र अवरोहमा कतिपय अवस्थामा नेतृत्व बाहिर र कतिपय अवस्थामा अफूले नेतृत्वदायी भूमिकामा रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले महामन्त्रीको जिम्मेवारीमा आएको खण्डमा पार्टीलाई नयाँ उचाइमा पु¥याउने उद्घोष गर्नुभयो । नेता कार्कीको सभापति शेरबहादुर देउवाको समूहबाट महामन्त्री पदमा उम्मेदवारी पर्ने सम्भावना प्रबल छ ।

    उहाँले पार्टीलाई सशक्तरुपमा अघि बढाउन र आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने रणनीतिक अभियान थालेको अवगत गराउँदै पार्टीका नीति र विचारलाई जनतामाझ लैजान प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिसक्नुभएका उहाँले अहिलेको मूल चुनौती आर्थिक उन्नति हासिल गर्नुरहेको भन्दै देशमा गरिबी र बेरोजगारी उम्मूलन गरेर त्यसै अभियानअन्तर्गत १० वर्षभित्र मुलुकलाई एशियाको सम्पन्न मुलुकको दाजोमा पु¥याउने योजनाका साथ पार्टी नेतृत्व अघि बढ्ने उल्लेख गर्नुभयो ।

    उहाँले पार्टीमा लामो समय आफूले गरेको योगदान र अनुभवका कारण देशभरका नेता कार्यकर्ताले स्वभाविक रुपमा आफूलाई महामन्त्रीमा उम्मेदवारी दिन आग्रह गरेको अवगत गराउनुभयो । कांग्रेसवृत्तमा मात्र नभएर आम जनतामा समेत उहाँ निकै शालीन, भद्र र बुद्धिजीवी व्यक्तित्वका रुपमा चिनिनुहुन्छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आजदेखि राजधानी काठमाडौँमा शुरु हुदैँछ । विभिन्न नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ ।

    को हुन् नेता कार्की ?

    प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते पाँच दलीय गठबन्धनको सरकार गठन हुँदा नेपाली कांग्रेसको तर्फबाट नेता कार्की कानून, न्याय तथा संसदीय मामिलामन्त्री बन्नुभएको थियो । सरकार गठन भएको ८८ दिनमा विस्तार हुने क्रममा उहाँलाई सञ्चार तथा सूचना प्रविधिको जिम्मेवारी दिइयो । कानूनमन्त्री रहँदा नै उहाँलाई सरकारको प्रवक्तासमेत तोकिएको थियो ।

    यसअघि शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारमा उहाँ अर्थमन्त्रीसमेत भएर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसअघि उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा समेत मन्त्रीको भूमिका निर्वाह गरिसक्नुभएको छ । विसं २०७४ को आम निर्वाचनमा सुनसरी जिल्ला निर्वाचन क्षेत्र नम्बर ४ बाट बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै सांसदमा निर्वाचित हुनुभएको थियो ।

    भोजपुरको देउरालीमा जन्मुभएका उहाँ १४ वर्षको उमेरदेखि नै विद्यार्थी राजनीतिमा होमिनुभएका साथै उहाँले नेपालको विद्यार्थी आन्दोलनका क्रममा पटकपटक जेल सजायसमेत भोग्नुभएको छ । भोजपुरको विद्योदय माविमा नेपाल विद्यार्थी सङ्घको कोषाध्यक्ष रहनुभएका उहाँ त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्ववियुमा नेवि सङ्घको तर्फबाट सचिव बन्नुभएको थियो भने २०३९ सालमा नेपाल विद्यार्थी सङ्को केन्द्रीय अध्यक्षसमेत बन्नुभयो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बन्नु हुँदा नेता कार्की उहाँको सहयोगीको रुपमा काम गर्नुभएको थियो ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.