सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरमा झन्डै चार अर्बका खानेपानी आयोजनाःस्थानीयवासी खुसी


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार ११:५१ 
  • चितवन, २४ मङ्सिर । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् ।

    शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ । महानगरप्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा रु तीन अर्ब ७७ करोड सात लाख खर्च भएको छ । सो रकम सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको हो ।

    उहाँका अनुसार शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा रु ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा रु २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा रु २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा रु २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा रु २३ करोड २५ लाख खर्च हुँदैछ । त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा रु पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा रु ११ करोड ३५ लाख, कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा रु ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा रु पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा रु ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा रु चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

    पार्वतीपुर खानेपानी आयोजनामा रु २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा रु पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना रु १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना रु १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना रु २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना रु १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ रु १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना रु १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा रु एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

    प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले आवश्यक ठानेका ठाउँहरुमा खानेपानी आयोजनाका लागि बोर्ड, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेका कारण सफलता मिलेको उहाँको भनाइ छ । तत्कालीन खानेपानीमन्त्री बीना मगर हुँदा धेरै आयोजनाहरु आएका हुन् । उहाँले भन्नुभयो, “एउटा स्थानीय तहमा झण्डै चार अर्बको खानेपानीमा लगानी हुन सक्नु आफँैमा महत्वपूर्ण हो ।” उहाँले यी सबै आयोजना सम्पन्न हुँदा आउँदो २ वर्षभित्र महानगरवासी सबैले आयोजनामार्फत पानी उपभोग गर्न पाउने बताउनुभयो ।

    खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरमा जनप्रतिनिधि आउँदा ५७ प्रतिशत महानगरवासीले शुद्ध र सहज रुपमा पानी उपभोग गर्ने गरेकामा अहिले यो प्रतिशत ९० पुगेको बताउनुभयो । उहाँका अनुसार बन्दै गरेका आयोजना सम्पन्न हुँदा ९७ प्रतिशत महानगरवासीले आयोजनाहरुको पानी उपभोग गर्न पाउनेछन् । महानगरपालिकाभित्र खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको उहाँको भनाइ छ । महानगर बन्नुअघि गाविस रहेको कविलासमा पानी लिन जानका लागि दुई घण्टा उकालो÷ओरालो हिँड्नुपर्ने बाध्यता थियो । अहिले सो बाध्यताबाट स्थानीय मुक्त भएका छन् । घरघरमा खानेपानी पुगेको वडाध्यक्ष मनबहादुर रानामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “अब एक महिनापछि हाम्रो डाँडामा खानेपानीको समस्या छ भन्नु पर्दैन ।”

    भरतपुर महानगरपालिका–१९ मा सबैभन्दा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ । रु ५९ करोडको शारदानगर खानेपानी आयोजनाको काम धमाधम भइरहेको वडाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब एक वर्षमा वडावासीले आयोजनामार्फत शुद्ध खानेपानी खान पाउँछन् ।” उहाँका अनुसार यो आयोजनाबाट चार हजार ५०० घरधुरी लाभान्वित हुनेछन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.