सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्छः नेता लोहनी


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १६:२४ 
  • काठमाडौँ, २३ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहनीले एकता अधिवेशनबाट छनोट भएको कार्यसमितिले पार्टीको एजेण्डा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

    नयाँ कार्य समितिलाई शुभकामना दिन आज पार्टीले आयोजना गरेको कार्यक्रममा उहाँले नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने र संवैधानिक राजसंस्था स्थापित गर्ने गरी राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

    नेता लोहनीले पार्टीको आदर्शलाई अवलम्बन गरी मुलुकमा बलियो शक्तिका रुपमा राप्रपालाई स्थापित गराउने कार्यमा लाग्न नेतृत्वपङ्क्तिलाई आग्रह गर्नुभयो । पार्टीका अर्का नेता पशुपतिशम्शेर जवराले केही महिनामा स्थानीय तहको निर्वाचन आइरहेकाले चुनावमा सफलता प्राप्त हुनेगरी देशभर सङ्गठन विस्तार तथा सुदृढीकरण गर्न निर्देशन दिनुभयो । उहाँले अधिवेशनले निर्वाचित गरेको कार्यसमितिलाई सबैले सम्मान गर्नुपर्ने बताउँदै प्रतिस्पर्धाबाट पराजय भएका समूहले पार्टी फुटाउन नसक्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.