सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालतको अहिलेको आन्दोलनले न्यायालय सुधार हुँदैन, यो न्यायाधीशहरुको गुटको झगडा हो : प्रदीप ज्ञवाली


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १५:३३ 
  • काठमाडौं, २३ मंसिर । नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अहिले सर्वोच्च अदालतमा देखिएको हड्ताल न्यायाधीशहशरुको गुटको झगडा भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ज्ञवालीले अहिले सर्वोच्च अदालतमा भैरहेको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको रुपमा चित्रण गरे । सम्बोधनको क्रममा उनले भने,‘अहिलेको हड्ताल न्यायाधीशभित्रको गुटको झगडा हो । कतिपय न्यायाधीशलाई एक जनालाई हटाए र त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला, कतिपय वरिष्ठ कानुन व्यवसायीलाई लागेको होला । अहिले तर्साउन सके गरुडको छाँयाजस्तो बनाउन सकिएला ।’

    ज्ञवालीले अहिले बार र सर्वोच्च बारको आन्दोलनबाट न्यायालयमा सुधार नहुने दाबी गरे । यसअघि पनि अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउँदैमा न्यायालयभित्रको समस्या समाधान नहुने बताईसकेका थिए । एमालेले कुनैपनि हालतमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन नहुने अडान राख्दै आएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.