सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव आजदेखि सुरु हुँदै


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १४:०३ 
  • चितवन, २३ मंसिर । प्रथम पदमपुर पर्यटक साँस्कृतिक तथा व्यापारिक महोत्सव आजदेखि सुरु हुने भएको छ । साङ्गे कज्युङ गुम्बा पदमपुरको आयोजनामा कालिका नगरपालिका– ४ स्थित पदमपुर क्याम्पस प्राङ्गणमा महोत्सव हुन लागेको हो । आयोजक समितिले हिजो पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

    आज मंसिर २३ गते उद्घाटन गरिने महोत्सव पुष ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । गुम्बाका अध्यक्ष पदमबहादुर तामाङले निर्माणाधीन अवस्थामा रहेका गुम्बाको निर्माणका लागि आर्थिक संकलन गर्नुका साथै पदमपुरको पर्यटकीय तथा सांस्कृतिक विकास गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए । महोत्सव मूल व्यवस्थापन समितिका सदस्य एवम् महोत्सव भित्रका बाल उद्यानका संयोजक सन्तोष तामाङ्गले महोत्सवमा १०० वटा स्टलहरु रहने बताए ।

    उनले ८० वटाभन्दा बढी स्टल बुकिङ भइसकेको बताउँदै केही स्टल बुकिङ हुन बाँकी रहेको जानकारी दिए । उनले महोत्सव प्रवेशमा ५० रुपैयाँको टिकट रहेको जानकारी दिँदै वृद्धवृद्धा र नाबालकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । ११ दिनसम्म चल्ने महोत्सवमा प्रत्येक दिन दिउँसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने तामाङ्गले जानकारी दिए ।

    महोत्सवमा कलाकारहरु खुमन अधिकारी, पशुपति शर्मा, ज्योति मगर, कमल खत्री, एलिना चौहान, मार्मिक लामा, रचना रिमाल, महादेव त्रिपाठी, मनोज बिक, मिलन लामा, नेत्रजी पन्त, राजु परियार, उमादेवी खनाल र बलराम सरकारको प्रस्तुती रहने छ । यसका अलवा पुष २ गते भिटेन, पुष ३ गते मिस्टर डी र पुस ४ गते लाहुरेले साँझ प्रस्तुती दिने तामाङ्गले जानकारी दिए । दिउँसो ४ बजेदेखि राति ८ बजेसम्म उनीहरुको प्रस्तुती रहने छ ।

    महोत्सवमा स्थानीय तथा सांस्कृतिक भेषभूषासहित स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने तामाङ्गले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.