सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

३२ वर्षदेखि माओवादी नेतृत्व गरेका प्रचण्ड फेरि अध्यक्षमा दोहोरिँदै


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १६:१८ 
  • काठमाडौं, २२ मंसिर  । ३२ वर्षदेखि माओवादी पार्टीको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि पार्टीको अध्यक्षमा दोहोरिने भएका छन् ।

    पुसको दोस्रो साता हुने नेकपा माओवादी केन्द्रको महाधिवेशनमा उनी दोहोरिने निश्चित भएको हो ।

    माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म नदेखिएको नेताहरुले बताएका छन् । प्रचण्डलाई चुनौती दिनसक्ने नेताका रुपमा रहेका मोहन वैद्य, डा. बाबुराम भट्टराईले माओवादी छाडेपछि अहिलेको अवस्थामा अध्यक्षका एकल दाबेदार उनी नै रहेको नेताहरु बताउँछन् ।

    प्रचण्ड अध्यक्षमा दोहोरिने निश्चत भए पनि पदाधिकारीका अन्य पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले नै माओवादी केन्द्रको पदाधिकारीको संख्या कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।

    तर उपाध्यक्ष एकभन्दा बढी हुने सम्भावना छ । अहिले माओवादी केन्द्रमा प्रचण्डपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ छन् । माओवादीमा अब प्रचण्डपछिको नेता को बन्ने भन्ने चर्चा छ । यतिबेला माओवादीभित्र नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको ‘पोजिसन’ के होला भन्ने चासो छ ।

    पटक–पटक मन्त्री भइसकेका पूर्वसभामुख कृष्णबहादुर महरा यतिबेला पार्टी प्रवक्ताको भूमिकामा छन् । युद्धकालीन समयदेखि नै प्रचण्ड निकट रहेका महरा माओवादीमा सबैभन्दा बढी पार्टीको लाभका पद ‘हत्याउने’ नेतामा पर्दछन् ।

    युद्धबाट शान्ति प्रक्रियामा आएपछि नारायणकाजी अर्को पार्टीबाट माओवादीमा भित्रिएका हुन् । यसअघि उनी माओवादी केन्द्रको उपाध्यक्ष पनि रहिसकेका छन् । तर, अब उनी वरिष्ठ उपाध्यक्ष हुन्छन् वा प्रचण्डले महरालाई वरिष्ठ उपाध्यक्ष बनाउँछन् यकिन छैन ।

    माओवादी राजनीतिमा महराको छुट्टै स्थान भए पनि श्रेष्ठलाई पार्टीभित्रै नेताहरुको साथ त्यति नरहेको पार्टी स्रोतले जनाएको छ । माओवादीकै नेताहरु श्रेष्ठले पार्टीभित्र आफूनिकटलाई मन्त्री बनाउन र आफू दोस्रो वरीयतामा रहिरहन बार्गेनिङ गर्दै आएका छन् ।

    श्रेष्ठलाई उनीसँगै उनको पार्टीबाट आएका नेताहरुको मात्रै साथ छ । यस्तोमा महराले वरिष्ठ उपाध्यक्षमा दाबी गरे श्रेष्ठको व्यवस्थापन प्रचण्डका लागि चुनौतीपूर्ण बन्नसक्छ । नारायणकाजीलाई वरिष्ठ नेता बनाएर महरालाई वरिष्ठ उपाध्यक्ष बनाएमा समस्याको हल निस्कने कतिपय नेताको दाबी छ ।

    तर श्रेष्ठ आफू वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना नआए उनले आफ्नो समूहबाट पदाधिकारीमा लिलामणि पोखरेललाई अगाडि सार्न सक्छन् । पछिल्लो समय पार्टीभित्र महरा भने सक्रिय देखिन्छन् । यौन प्रकरणमा जोडिएर सफाई पाएका महरालाई वरिष्ठ उपाध्यक्ष बनाउन प्रचण्डसमेत सकारात्मक रहेको नेताहरु बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.