सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१६ दिने लैङ्गिक हिंसामा प्रभातको र्याली र अन्तरक्रिया


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १५:३३ 
  • भरतपुर, २२ मङ्सिर  । छोरीलाई शिक्षा दिन सकेको अवस्थामा हिंसा कम हुने एक कार्यक्रममा बताईएको छ ।
    प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भरतपुर १२ ले १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा आयोजना गरेको अन्तरक्रियाका सहभागिहरुले छोरी शिक्षामा जोड दिएका हुन् ।

    कार्यक्रममा नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले शिक्षाले धेरै समस्या हल हुने बताउनु भयो । उहाँले छोरी शिक्षामा जोड दिदै सहकारीले महिला हिंसा न्यूनिकरण गर्न महिलाहरु आर्थिक र शैक्षीक रुपमा बलियो हुनुपर्ने बताउनु भयो । उहाँले सहकारीले महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाएको भन्दै महिलाहरु उद्यम गर्न चाहेमा सहकारीले पचाँस लाख सम्म ऋण प्रवाह गर्ने बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिर्थी शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल चितवनका अध्यक्ष रामचन्द्र आचार्यले शिक्षा र छोरी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा आचार्यले शिक्षाको ईतिहास र महिलाको पहुँचका विषयमा समेट्नु भएको थियो ।

    कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका सचिव कमलराज खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीको अध्यक्षता रहेको थियो । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहकार्य रहेको थियो ।

    अन्तरक्रिया सुरु हुनुपुर्व प्रभात फेरी कार्यक्रमको आयोजना गरीएको थियो । चौबिसकोठीबाट सुरु भएको र्याली संस्थाको कार्यालय भवनसम्म पुगेर अन्तरक्रियामा परिणत भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.