सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टी-२० विश्वकप ग्लोबल छनोट : नेपाल, आयरल्याण्ड, यूएई र ओमान एउटै समूहमा


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १२:४५ 
  •  काठमाडौं,२२ मंसिर । अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

    १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।

    नेपाल रहेको समूह ए को ग्लोबल छनोट २०२२ फेब्रुअरीमा ओमानमा आयोजना हुनेछ । यस समूहमा ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले आधिकारिकरुपमा समूह विधाजन सार्वजनिक नगरेपनि साउथ चाइना मर्निङ पोष्टले स्रोतलाई उधृत गर्दै समूह विभाजन बारे समाचार प्रकाशित गरेको छ ।

    जसअनुसार समहू ए मा नेपालसँगै आयरल्यान्ड, ओमान, यूएई, क्यानडा, फिलिपिन्स, जमर्नी र बहराइन छन् । सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल त्यसयता छनोट हुन सकेको छैन ।

    ग्लोबल छनोटको समूह बी मा जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, जर्सी, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा र अमेरिका छन् । यस समूहको छनोट २०२२ मा जिम्बाब्वेमा हुनेछ ।

    ग्लोबल छनोटपछि दुवै समूहको शीर्ष स्थानमा रहने २-२ टोली गरी ४ टोलीले टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

    आयोजक अष्ट्रेलियासहित शीर्ष ८ वरीयतामा रहेका इंग्ल्यान्ड, पाकिस्तान, भारत, न्यु जिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान र बंगलादेश भने सिधै टी-२० विश्वकपको सुपर १२ मा स्थान पक्का गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.