सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको किसान दानाको आठौं बिक्रि डिपो पोखरामा


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार ११:४१ 
  • चितवन २२ मंसिर । पोल्ट्रि क्षेत्रमा देशकै अग्रणी दाउन्ने समुहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रिका लागि आठौं डिपो आजबाट पोखरामा सुरु भएको छ । डिपोको उद्योग वाणिज्य संघ पोखराका बरिष्ठ उपाध्यक्ष पवन कुमार प्रजापतिले उद्घाटन गर्नु भएको हो । सो अबसरमा उहाँले घरघरमा अण्डा पु¥याउने उद्धेश्यले डिपो सञ्चालन गरेकोमा खुशि प्रकट गर्दै देशभर शाखा बिस्तार गर्न शुभकामना दिनुभयो । उहाँले भन्नुभयो “पर्यटकीय नगरि पोखरामा आउने पर्यटकको पहिलो रोजाई अण्डा पर्दछ ।” कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एबं नेपाल अण्डा उत्पादक संघका केन्द्रय पूर्ब उपाध्यक्ष बाबुराम गिरीले प्रबिधिको बिकास गर्दै दाउन्ने समुहले बजार बिस्तार गरेकोमा शुभकामना दिनुभयो ।

    सो अवसरमा किसान दाना उद्योग प्रा.लिका अध्यक्ष रघुनाथ भट्ट, कार्यकारी निर्देशक बिनोद पोख्रेल, नेपाल अण्डा उत्पादक संघका पूर्ब महासचिब मदन पोख्रेल, उद्योगका निर्देशक द्रोण लामिछाने, दाउन्ने एग्रो फर्मका भूवन लामिछाने लगाएतको उपस्थिति रहेको थियो । दाउन्ने एग्रो फाम प्रालिको आधिकारीक बिक्रेता किसान दाना उद्योगले पोखरा महानगरपालिका वडा नम्बर २ बाग्लुङ् वसपार्कमा डिपो सञ्चालनमा ल्याएको हो ।

    कृषकलाई दाना बिक्रि गरेर अण्डा उठाउने उद्धेश्यले स्थापना भएको किसान दाना उद्योग प्रा.लि. ले संकलन भएको अण्डा घरदैलो सम्म पु¥याउन डिपो बिस्तार गरेको हो । उद्योगले देशका प्रमुख शहरहरुमा घरदैलो सम्मनै अण्डा पु¥याउने अभियान सुरु गरेको छ ।

    उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलका अनुसार देशभर ३० भन्दा वढि बिक्रि केन्द्र मार्फत घरदैलोका किराना पसल सम्म अण्डा पु¥याउने लक्ष्य लिइएको छ । सो उद्योगको समेत लगानी रहेको नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा रहेको दाउन्ने एग्रो फार्ममा दैनिक ६ सय पेटि सम्म अण्डा उत्पादन हुने गरेको छ । यसैगरी उद्योगबाट दाना किन्ने किसानबाट दैनिक ६ सय ५० पेटि अण्डा संकलन हुने गरेको छ । कुखुराको संख्या अनुसार अण्डा संकलन धेरथोर हुने गर्दछ । पोख्रेलका अनुसार डिपो नभएका शहरहरुमा पनि स्थानिय डिलर मार्फत अण्डा पु¥याईदै आएको छ ।

    पोख्रेलले सोझै घरदैलो सम्म अण्डा पु¥याउँदा उपभोक्ताले सस्तोमा अण्डा पाउने बताउनुभयो । हाल उद्योगले सुर्खेतको सनिहिल लाइन, काठमाडौंको पेप्सीकोला, जोरपाटी, नक्साल, सामाखुशि, नयाँ वजार, इटहरीमा बिक्रिकेन्द्र खोलेको छ । छिट्टै काठमाडौंकै नैकाप र वनस्थलिमा पनि थप दुईवटा डिपो खोल्ने उद्योगले जनाएको छ ।

    ती केन्द्र मार्फत घरदैलोमा अण्डा पु¥याउने गरिन्छ । १२ वटा साना भ्यानले अण्डा ओसार्ने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो “स्वच्छ, सफा र ताजा अण्डा सर्वसुलभ दररेटमा उपभोक्ता सम्म पु¥याउने हाम्रो लक्ष्य हो ।” नेपालमानै सबैभन्दा वढि अण्डा संकलन गर्ने यस उद्योगले काठमाडौं संगै नेपालगञ्ज, जनकपुर, सुर्खेत, धनगढी, इटहरी, बुटवल, नेपालगञ्ज जस्ता प्रमुख शहरहरुमा अण्डा बिक्रि गर्दै आएको छ ।

    उद्योगका अध्यक्ष भट्टले किसानबाट पाँचौ तह पार गरेर मात्र उपभोक्ताकोमा अण्डा पुग्दै आएकोमा अब सोझै उपभोक्ता सम्म पु¥याउने उदेश्यका साथ काम थालिएको बताउनुभयो । उहाँका अनुसार घर नजिकैको पसल सम्म उद्योगले अण्डा पु¥याउने छ । यस दाउन्ने समुहको आफ्नै लगानी र साझेदारीमा दाना उद्योग, पोल्ट्री फार्म, मल प्रशोधन केन्द्र, भेटेनरी पसल, चल्ला उत्पादन गर्ने ह्याचरी, क्रेट उद्योग, औषधि उद्योग लगाएतका उद्योग र उत्पादनमा लगानी रहेको छ । यो समुह पोल्ट्रि क्षेत्रमा देशकै सफल समुहको रुपमा चिनिन्छ । नेपालमानै सबैभन्दा वढि कुखुरा पाल्ने लक्ष्य दाउन्ने समुहले लिएको छ । हाल तीन लाख हाराहारी कुखुरा पालेको यस समुहले यो संख्या ८ लाख पु¥याउने लक्ष्य लिएको छ । अहिले दुई अर्ब भन्दा वढि लगानी भईसकेको यस समुहले पूर्णरुपमा लक्ष्य अनुसार कुखुरा पाल्दै गर्दा लगानी रु ४ अर्ब ५० करोड हाराहारी पुग्ने निर्देशक लामिछानेले जानकारी दिनुयो । उद्योगले ह्याप्पि एग नामबाट ब्राण्डीङ गरि आकर्षक प्याकिङ्मा काठमाडौंमा बिक्रि गर्दै आएको छ । यस्तै पोखरा र सुर्खेतमा पनि ब्राण्डिङ गरेको ह्याप्पि एग बिक्रि गर्ने लामिछानेले जनाकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.