सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘चनपा वडास्तरीय कप फुटसल प्रतियोगिता’ यही मङसिर २४ र २५ मा


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १४:४१ 
  • काठमाडौँ, २१ मङसिर । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरि वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ ।

    पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै सोही अवसरमा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीका बीच पनि प्रतिष्पर्धा हुने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ८० हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने छ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् ।

    प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भन्नुभयो, “फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोग समेत गर्ने छ । ”

    कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताउनुभयो । पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ । ‘स्वास्थ्यका लागि खेलकूद , राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लवले खेलकूदका विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन् ।

    नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले गतवर्षदेखि प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन् । उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.