सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस महाधिवेशन : सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार १४:४८ 
  • कैलाली, १९ मङ्सिर । नेपाली कांग्रेस आसन्न १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी हुनुभएको छ ।

    पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभयो । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।

    उपसभापतिमा जनकराज चौधरी ६१० मत र लोकराज अवस्थी ५२३ मतसहित विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीमा नरनारायण शाह ‘मनु’ ६४८ मत र मेघराज खड्का ६३५ मतसहित विजयी हुनुभयो । यस्तै सहमहामन्त्रीमा गोपालदत्त भट्ट ५२९ मत, चिन्तामणि भट्ट ५३३ मत र अम्बिकाकुमारी चलाउने ६८६ मतका साथ निर्वाचित हुनुभयो । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.