सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि चितवनबाट बाघ गणना सुरु हुँदै,


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार १०:१५ 
  • चितवन, १९ मङ्सिर । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ ।

    चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो ।

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ ।

    उहाँका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उहाँले बताउनुभयो । उनीहरुको प्रतिव्यक्ति रु १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ ।

    महानिर्देशक कँडेलका अनुसार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गरिँदै छ । सो अवसरमा वनसचिव डा पेमनारायण कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वनसचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिने उहाँले जानकारी दिनुभयो ।

    बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन् । कतिपय स्थानमा शनिबार क्याम्प खडा गरेर प्राविधिकहरु बसेका छन् भने कतिपय अहिले बिहान जाँदैछन् । १६ स्थानमा क्याम्प खडा गरेर प्राविधिकले आजबाट गणना थाल्ने उहाँले जानकारी दिनुभयो ।

    क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ सर्वेक्षण गरिने छ । चितवनमा मात्र ३६० जोडी क्यामेरा जडान गरिने छ । उहाँका अनुसार दुई हप्ता एक ठाउँमा राखेर बाघको तस्वीर लिइने छ । दुई निकुञ्जको एउटा ब्लकमा १६ वटा क्याम्प बनाइएको छ । आधा मिटरको उचाइमा क्यामेरा राखिने छ । कतिपय ठाउँमा रुखमा र नमिलेमा घोचो गाढेर स्वचालित क्यामेरा जडान गरिने छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ । दुई÷दुई ग्रिड अर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राखेर गणना गरिन्छ । बाघ वरिपरि आएमा क्यामेराले तस्वीर लिने छ । झण्डै दुई महिनामा फोटो खिच्ने काम सम्पन्न हुने अनुमान गरिएको छ ।

    तस्वीर अध्ययनपछि थप चार महिनाभित्रमा नतिजा आउने छ । सन् २००८ देखि यहाँ राष्ट्रियस्तरको बाघ गणना सुरु गरिएको हो । दोस्रोपटक सन् २०१३, तेस्रोपटक सन् २०१८ र अहिले चौथोपटक बाघ गणना गर्न लागिएको हो । प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार हिउँदयाममा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गएपछि बाघ घाँसेमैदानमा बस्ने हुँदा गणना कठिन हुने भएकाले यो मौसम छानिएको हो । चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स अर्थात् ब्लक बनाएर बाघको गणना गर्न लागिएको हो । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ वयस्क बाघ फेला परेका थिए । यतिबेला चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो सङ्ख्या बढेको अनुमान छ ।

    सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्ग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखहरूको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो । तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्याङ्क थियो । दोब्बरभन्दा बढी सङ्ख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षणविद् विश्वस्त छन् । यस वर्ष बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ । नेपालमा हरेक चार÷पाँच वर्षका अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.