चितवन,१८ मङ्सिर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरिने बताएका छन् । अपांगता संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको भरतपुरमा उद्घाटन गर्दै उनले उत्पीडित समुदाय र अपांगता भएकाहरुको अधिकार वृद्धि गर्न संविधान संशोधन गरिने बताए ।
पहिलो संविधानसभाले संविधान जारि गर्न सकेन, दोस्रो संविधानसभामा माओवादीको प्रतिनिधित्व कमजोर थियोू, उनले भने, अपांगता भएका नागरिकहरुको अधिकार कटौती गरिए, बाध्यात्मक सम्झौताको स्थिति बन्यो, अब संशोधन गरेरै भएपनि अधिकारलाई विकसित र वृद्धि गर्न लाग्नेछौं ।
उनले उत्पीडित समुदायको अधिकार अझै परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले राजनीतिक नियुक्ति गर्दा अपांगता क्षेत्रबाट प्रतिनिधित्व गराउने आश्वासन दिए । झण्डै ११ सय राजनीतिक नियुक्तिहरु दिनुछ, प्रक्रिया चलिरहेको छू, उनले भने, अपांगता भएकाहरुलाई यसपालि छुटाइनेछैन, मैले बिर्सनेछैन ।
उनले पार्टीको राष्ट्रिय सम्मेलनमा समेत प्रतिनिधित्व गराइने बताए । सम्मेलनमा बोल्दै संगठनका केन्द्रीय अध्यक्ष इन्द्रमाया गुरुङले राज्यका हरेक अंगहरुमा अपांगता भएकाहरुको कम्तिमा ५ प्रतिशत प्रतिनिधित्व गराउन आरक्षणको व्यवस्था हुनुपर्ने माग गरिन् ।
केन्द्रीय सदस्य यमप्रसाद सुवेदीले सम्मेलनमा देशभरबाट ३ सय ५० जना प्रतिनिधि, १ सय ५० जना सहयोगी र पर्यवेक्षकहरु सहभागी भएको बताए । सम्मेलनको बन्दशत्रमा विधान मस्यौदामाथि छलफल र नयाँ नेतृत्वबारे छलफल हुने जानकारी दिए । ९९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आइतबार चितवन घोषणापत्र जारि गरेर सम्मेलन समापन गरिने बताए ।