सम्पूर्ण कम्प्युनिष्ट एक हुन माओवादी अध्यक्ष प्रचण्डको अपिल
न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १६:०७
चितवन, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालका सम्पूर्ण कम्युनिष्ट एक हुन अपिल गर्नुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्दै उहाँले देशभरका सबै कम्युनिष्टहरुको एकता अझै आवश्यक रहेको बताउनु भएको हो ।
सच्चा र इमान्दार कम्युनिष्टहरु एकताबद्ध हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो “म देशभरका सबै कम्प्युनिष्टहरुलाई भन्न चाहन्छु एकता अझै पनि आवश्यक छ । एकाध अवसरवादीहरुलाई परास्त गरेर सच्च र ईमान्दार कम्युनिष्टहरु एकताबद्ध हुनुपर्छ ।” उहाँले सबै कम्युनिष्ट पार्टीहरुलाई अपिल गर्दै भन्नुभयो “म फेरी पनि अपिल गर्न चाहन्छु । सम्पूर्ण कम्युनिष्टहरु एक हौं ।”
तत्कालिन एमाले र माओवादी पार्टी एकता शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट नै समाजवादतर्फ जानु पर्ने भएपछि गरिएको बताउँदै उहाँले भन्नुभयो “हामी कम्युनिष्ट पार्टीहरु माक्सवाद लेनिनवादलाई स्वीकार गर्नेहरु एउटा पार्टी बनाएर गयौं भने देशमा कम्युनिष्ट आन्दोलन शक्तिशाली हुन्छ, राजनीतिक स्थायित्व पनि हुन्छ भनेर गरेको थियौं ।” उक्त एकता आफ्नो स्वार्थका लागि नगरिएको उहाँको दावी थियो । उहाँले भन्नुभयो “त्यो कम्युनिष्ट आन्दोलन र राष्ट्रको स्वार्थलाई हेरेर गरिएको एकता थियो ।”
अहिलेको पाँच दलीय एकताको प्रस्ताव आफैले राखेको भन्दै उहाँले भन्नुभयो “यो तीन वटा मूलभूत उद्देश्यका लागि गठबन्धन भएको हो । संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षा ।” यी तीन मूलभूत विषयमा समानता भएकाले नै अहिलेको गठबन्धन भएको उहाँको भनाई छ ।
यो गठबन्धन टुटाउन अनेक खालका षड्यन्त्र भईरहेको उहाँले आरोप लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो “मलाई सबै कुरा थाहा छ । तर म ती सबै कुरा भन्न सक्ने स्थितिमा छैन । प्रतिगमन गर्न अनेक षड्यन्त्र भएकै हुन् हामीले त्यसलाई परास्त ग¥यौं । अनेक खालको सेटिङ भत्कायौं ।”
अध्यक्ष दाहालले एमालेप्रति भने कडा रुपमा प्रस्तुत हुनु भयो । उहाँले एमालेको नाम नदिई अस्ति भएको कुम्भ मेला पूरै असफल भएको दावी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो “अस्तिको कुम्भ मेला प्रतिक्रन्तिलाई बलियो पार्न गरिएको थियो तर भएन, त्यो असफल भयो, पूरै असफल भएको छ ।” कोहि पनि लोकतन्त्रवादी शक्तिले एमालेको महाधिवेशनलाई सफल मान्न नसक्ने उहाँको दावी थियो । उहाँले अगाडि थप्पनुभयो “त्यो असफलताको प्रतिकको रुपमा भएको छ । त्यो मण्डलेहरुको मोर्चा र पञ्चायती मोर्चा, निरकुशतावादीको मोर्चामा पतन भएको छ ।”
एमालेले उद्घाटन सत्रमा उतारेको जनताप्रति ईङ्गित गर्दै उहाँले भन्नुभयो “जबरजस्ती पैसाको बलमा, धाकधम्की दिएर, लोभ दिएर गरिएको कुम्भ मेलाले कुनै राजनीति र वैचारिक अर्थ राख्दैन ।”
चितवनमा लडाई चलेको भन्दै उहाँले भन्नुभयो “चितवनमा कता कता कुरुक्षेत्र हुन लागेको हो कि क्या हो ? महाभारत जस्तो यहाँ पाण्डव र कौरवको लडाई हुन लागेको हो कि क्या हो मैले भनेको थिएँ । अन्तत जीत सत्यकै हुन्छ भन्ने कुरा हामी सबैले बुझेकै कुरा हो ।”
सो अवसरमा उहाँले प्रेसलाई अंकुश लगाउने ऐन खारेज गरिने बताउनुभयो । उहाँले भन्नुभयो “विगतको सरकारले जे जस्ता ऐन बनाएर कहि न कहिँ प्रेस जगतलाई अंकुश लगाउने जे जस्ता ऐन वनेका छन् तिनलाई खारेज गरिने छ । यो हुन दिईने छैन ।” यस बिषयमा पाँच दलीय गठवन्धनमा छलफल सुरु भईसकेको उहाँको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सरकार परिवर्तन भए पनि प्रेस स्वतन्त्रता बिरोधी ऐन कानुन बन्ने प्रकृया नरोकिएको भन्दै नयाँ सरकारको अनुभूति प्रेसले पाउन नसकेको बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष अमृता थापा, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंह, नेकपा माओवादी केन्द्रका प्रवास अध्यक्ष ओम शर्मा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस सेन्टरका केन्दी्रय अध्यक्ष महेश्वर दाहाल लगायतले बोल्नुभएको थियो ।
महाधिबेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार सम्पन्न हुँदै छ । महाधिबेशनमा देशभरबाट ८ सय हाराहारी प्रतिनिधि सहभागी भएका छन् ।