सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विदेशमा चिकित्सा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीटिक पहल गरिने


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १५:५० 
  • काठमाडौँ, १८ मङ्सिर । विदेशका विभिन्न शिक्षण संस्थामा चिकित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतमा हिजो भएको बैठकमा प्रभावित विद्यार्थीहरुको निवेदन, सो सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनसमेतका आधारमा निकासका लागि कूटनीटिक पहल गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव डा हरिप्रसाद लम्सालले जानकारी दिए ।

    बैठकमा चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिलका पदाधिकारी, स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्चाधिकारीसमेतसँग छलफल भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.